प्राभातिक प्रवोध
विचित्र चातुर्य चरित्रमा भरी अमन्द आनन्द दिलाउने गरी ।
उठे शकुन्तादिक, मञ्जुलध्वनि सुनिन्छ, जागा अब होउ सुस्तनि ।।१।।
प्रभातकालीन हवा मनोरम चली रहेको छ हुरी रतिश्रम ।
सुनिन्छ उच्चैस्तर कुक्कुटध्वनि प्रवुद्ध होऊ अब हे नितम्बिनि ।।२।।
वियोगिनीको चिरि छाति चर्चरी प्रमत्त भै बोल्दछ धोबिनी चरी ।
नैःशनै निष्प्रभ तारकागण छिपे, पियारी ! अब खोल लोचन ।।३।।
शिनशीथिनीकासँगको विवयोगले गलेर सारै गरि, मन्दवेगले ।
झुके प्रतीचीतिर हेर चन्द्रमा तिमी छँदैछौ अझ गाढ नींदमा ।।४।।
हटाइ पर्दा तमको महाधन प्रकाशको हास्य निकालि शोभन ।
गुलाबि चालासँग दिग्वधूजन पियारि ! गिल्ला तिमिलाई गर्छन ।।५।।
सुती रहन्छे कति बेर यो भनी लगाइ रातो मुख पूर्वदिक पनी ।
निकालँदै दुःसह सौतिनेपन दिंदीछ धम्की, गर तल्पमोचन ।।६।।
झुलाइ चारैतिर पटपदावलि अली अली मन्द समीरले चली ।
खिली रहेकोछ सरोजको वन पियारि ! तिम्रा मुखको सँगी हुन ।।७।।
वियोगको उत्कट यातनाकन सहेर पाषाणसरी गरी मन ।
प्रकाशको रङ्ग बुझेर सम्प्रति छ त्यो हेर सथाङ्गदम्पती ।।८।।
परस्परालाप१प्रसङ्गले गरी खुलाउँदै नैशिकवृत्त बेसरी ।
जलार्थिनी नागरकामिनीजन चलीसके सुन्दरि ! खोल लोचन ।।९।।
बुझेर मित्रोदय नामकीर्तन गरी गरीकर्मठवृन्द शोभन ।
उठाइ संकल्प मिलेर विल्कुल भईरहेका छन जीवनाकुल ।।१०।।
पियारि लज्जा तिमिलाई छैन के ? जहान सारा घरका उठीसके ।
हटाउ चाँडै अव नीदको गति समाल पोशाक भई सक्यो अति ।।११।।
This work is first published on Nepal and is now in the public domain because its copyright protection has expired by virtue of the Copyright Act, 2059 (2002). The work meets one of the following criteria:
|