अरुणोदय
(१)
जय जगदीश्वर ! मनको रहमा,
शून्य गगनमय भित्री तहमा,
पलपल शीतल कलना-लहरी
कलकल गर्छन् ठहरी ठहरी ॥
(२)
मधुर ध्वनिको श्रवण-विवरमा
रेखा खिचियो पञ्चम सुरमा ।
जति–जति डुबिकन हेर्दछु भित्र
उत्ति-उति मिल्दछ भाव पवित्र ॥
(३)
प्रमुदित तेही भाव तमाम
गर्छ नखीको कोमल काम,
जसले गर्दा बारम्बार
झम्कन थाल्यो हदय-सितार ॥
(४)
नासा-पुरमा थरि थरि महक
कसको - कसको पाई बहक
लहबरी खेल्दै चहचह गर्छ,
सुखका शीतल सीकर छर्छ ।
(५)
तप सपनाको पर-पर सर्छ ।
नयन-सरोरुह सरसर गर्छ ।
सुन्दर शीतल' । बिजुली दिनमा
दौडन थाल्यो हृदय - गगनमा ॥
(६)
उस बिजुलीका क्षणिक झलकमा
झल्क्यो अदुभुत दृश्य पलकमा
कृश रजनीको दीन मुहार,
मलिन फिका सब गहना हार ॥
(७)
सिम्रिक सारा पर छरिएको,
चादर फुस्रोपन भरिएको
आँशु बहेकी रजनी बिचरी
छटपटिएकी कसरी, कसरी ?
(८)
रजनी ! रजनी ! बस अलि बेर,
जनिगर, नदगुरं रन्थनिएर,
नजर फिराई । अलिकति हेर
पूर्व गुलाफी खोपीनेर ॥ ..
(९)
बालक दिनकर भरखरका ती .
सुस्त पसारीकन कर माथी
गर्छन् खोजी प्रिय जननीको,
विन्ति छ रजनी नगर ननीको॥
(१०)
हुनत उषाले लेली काख
प्रणय बढाई मानी चाख,
किन्तु तिमी पनि ममता राख,
धाईभन्दा जननी साख ॥
(११)
अलि दिन श्यामल चादरभित्र
उज्ज्वल रागी बाल पवित्र
गुटुमुटु पारी गुम्म तताऊ
अनि झलनामा माथी ल्याऊ ॥
(१२)
बसि बसि म पनी तेतीजेल
हेर्दछु रजनी ! रसिलो खेल ।
अतिशय राम्रो पारें फेला
शारद अरुणोदयको बेला ।
This work is first published on Nepal and is now in the public domain because its copyright protection has expired by virtue of the Copyright Act, 2059 (2002). The work meets one of the following criteria:
|